काठमाडौ । आज (मंगलबार) देशभर वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् झाका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। ‘अहिले बादल विकास भइरहेको छ’, उनले भने, ‘१०/११ बजेपछि पानी पर्ने अनुमान गरिएको छ।’
साथै आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको उनले जानकारी दिए।
मौसमविद् झाका अनुसार केही स्थान भन्नाले थोरै स्थानभन्दा अलि बढी ठाउँ भनेर बुझ्नुपर्छ।
यस्तै आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा आंशिक बदली
आज कस्तो रहला देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?