रास्वपातर्फ लक्षित गर्दै शंकर पोख्रेलले भने - अमिताभ बच्चन पनि राजनीतिमा आएका थिए

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, ११ : २८
रास्वपातर्फ लक्षित गर्दै शंकर पोख्रेलले भने - अमिताभ बच्चन पनि राजनीतिमा आएका थिए

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् ।वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका हुन् ।

 

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान  गर्न सक्दैन ।’यसको उदाहरण उनले बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति नफापेको भन्ने दिए ।

‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए,’ उनले भने, ‘तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’उनले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण दिए । ‘कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्,’ उनले भने, ‘त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।

’उनले पपुलिष्ट पोलिटष्क परिवर्तनको पक्षमा कहिल्लै पनि नहुने भन्दै राजनीतिक दलहरुको विकल्प नभएको बताए ।‘राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन्,’ उनले भने, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’

प्रतिक्रिया दिनुहोस