आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ : शंकर पोख्रेल

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, १४ : ०९
आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्ने बताएका छन् ।

एमालेको पोलिटब्युरो बैठक जारी रहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हु्न । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ । त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्तैन ।’

एमालेको पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल चलिरहेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए । त्यसउपर नेताहरूले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस