पराजय स्विकार्दै एमालेका शंकर पोख्रेलले रास्वपाका आचार्यलाई दिए बधाई

सफल खबर संवाददाता

शनिबार, २३ फागुन २०८२, १० : २०
पराजय स्विकार्दै एमालेका शंकर पोख्रेलले रास्वपाका आचार्यलाई दिए बधाई

दाङ । प्रतिनिधिसभा निर्वाचन–२०८२ को परिणाम सार्वजनिक भइरहेका बेला नेकपा (एमाले)का महासचिव एवं दाङ–२ का उमेदवार शंकर पोख्रेलले जनादेशलाई सम्मान गर्दै निर्वाचित विपीनकुमार आचार्यलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोख्रेलले २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गएको बताएका छन् । 

जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएको उल्लेख गर्दै उनले जनविश्वासअनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उमेदवार बालेन शाहसहित विजयी हुने सम्पूर्ण प्रतिनिधिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस