काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाएको छ ।
अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको उल्लेख गरेपछि राप्रपाले असहमति जनाएको हो ।
उक्त प्रतिवेदनप्रति असहमति जनाउँदै राप्रपाले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी राजदूत डीन आर थम्प्सनलाई लेखेको पत्रमा अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको टिप्पणी गरेका छन।
हिन्दु राज्य स्थापनाका लागि आफूहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्वीकार गरेको जिकिर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज