काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाएको छ ।
अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको उल्लेख गरेपछि राप्रपाले असहमति जनाएको हो ।
उक्त प्रतिवेदनप्रति असहमति जनाउँदै राप्रपाले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी राजदूत डीन आर थम्प्सनलाई लेखेको पत्रमा अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको टिप्पणी गरेका छन।
हिन्दु राज्य स्थापनाका लागि आफूहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्वीकार गरेको जिकिर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो