काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।
३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
उपचारको क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको एसपी रिजालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु