भरतपुरका २ सहकारीले पाए मिल्क एनालाईजर

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १४ : ५१
भरतपुरका २ सहकारीले पाए मिल्क एनालाईजर

चितवन । भरतपुर महानगरपालिकाले २ वटा दुग्ध सहकारीलाई मिल्क एनालाईजर हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो मिल्क एनालाईजर सेट हस्तान्तरण गरिन्।

भरतपुर¬ २० को लक्ष्मी देवि दुग्ध सहकारी र भरतपुर १५ को किसान कल्याण दुग्ध सहकारीलाई मिल्क एनालाईजर सेट हस्तारण गरिएको महानगर सहकारी शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए।

सेटमा डिजिटल तराजु, कम्प्युटर, प्रिन्टर, ईन्भटर तथा एनालाईजर उपकरण रहेकाा छन् । भरतपुर महानगरपालिकाको निर्देशिका अनुसारा उत्पादनमा आधारित सहकारीलाई मागको आधारमा उपकरणहरु दिने व्यवस्था मिलाईएको छ ।

सहकारीहरुले यस अघि प्रयोग गर्ने ल्याक्टो मिटरले दूधको शुद्धता मापन गर्न धेरै समय र झन्झटिलो हुने गरेको थियो । मिल्क एनालाईजरको प्रयोगबाट तुरुन्तै दूधको शुद्धता, पानीको मात्रा, फ्याट, प्रोटिनलगायतको पत्ता लगाउन सकिन्छ । यो उपकरणको प्रयोगले कृषकले दूधको गुणस्तरअनुसार मूल्य पाउँछन् ।

प्रतिक्रिया दिनुहोस