काठमाडौँ । सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताए ।
दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यक्ताअनुसार अरु अस्पतालहरूमा हस्तान्तरण गर्ने उनले बताए । कतिपय अस्पतालले जथाभावी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको भन्दै अब खरिद मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्ने पनि उनले बताए ।मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै