धनगढी । सुदूरपश्चिम प्रदेस सरकारले आज पुर्णता पाउने भएको छ। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ।
संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुङगिएको जानकारी दिए। उनका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो।
धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ। यसैगरी नागरिक उन्मुक्तिवाट एक जना र नेपाली काँग्रेसबाट पनि एक जना मन्त्री बन्ने सहमति भएको छ।
सुदुरपश्चिम प्रदेस सरकार नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाहको नेतृत्वमा माघ २६ गते गठन भएको थियो। उनीसंगै नेपाली काँग्रेसका प्रकाश देउवा भौतिक पुर्वाधार विकास र एकीकृत समाजवादीका नरेश शाही आर्थिक मन्त्री नियुक्त भएका थिए।
थप मन्त्रीहरुलाई आजै नियुक्त गरि अपरान्हसम्म सपथ गराउने तयारी भईरहेको मुख्यमन्त्री कमल शाहले बताए। १ सय दिनको उपलब्धि सार्बजनिक गर्न आज विहान मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आजै मन्त्रीमण्डल बिस्तार हुने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन मन्त्रीको सहभागितामा आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता हुने
सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
सरकार-शिक्षक वार्ता जारी, को-को छन् सहभागी ?