हराएका २३ वटा दुईपाङग्रे सवारी साधन फेला

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १९ : ५६
हराएका २३ वटा दुईपाङग्रे सवारी साधन फेला

काठमाडौं । विभिन्न मितिमा हराएका २३ वटा दुईपाङग्रे सवारी साधन भेटिएका छन् ।  बिहीबार ती सवारीसाधन  ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  आज  आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरे । । यो सँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाए छ । 

चालु आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा  प्रहरी वृत्तमा पठाइएको पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस