वीरगंज। मधेश प्रदेशका पूर्व खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले नेपालमा भारतीय रु ५ सय एक हजारको नोटमा प्रतिबन्ध गरिनुमा नेपाल – भारत सरकारको समर्थन रहेको बताएका छन् । नेपाल – भारत उद्योग वाणिज्य सघ, वीरगंज च्याप्टरलाई उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री शर्माले नेपालमा भारतीय नोट प्रतिबन्ध लगाएको कारण पर्यटन क्षेत्र प्रभावित बनेको बताए ।
आतँकवादीलाई पैसा पठाउने होस् अथवा हुण्डी कारोबारलाई बढावा दिने कार्यलाई निरुत्सहित गर्न सरकारले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, तर यसबाट भारतीय पर्यटकहरु मर्कामा परेको उनको भनाई छ । विगतमा पर्यटकहरुले रु २५ हजारसम्म भारतीय नोट लिएर नेपाल आउन सक्ने प्रवधान रहेकोमा केही वर्षदेखि नेपालमा भारतीय नोट प्रतिबन्ध लगाइनुले पर्यटकहरुको आवागमनमा कमि आएको उनको भनाई छ ।
पूर्वमन्त्री शर्माले नेपालको सच्चा मित्र भारत नै रहेको दाबी गरे । भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध मात्रै छैन्, मेरो शरिरको आधा भाग ‘नेपाल’ हो भने आधा शरिर ‘भारत’ हो र यो भन्न आफू कहिलेपनि न हचकचिने बताए । ‘भारतमा वि.पि. राजमार्ग नामाकरण हुन सक्छ, तर वीरगंजमा एम.जि. रोड नामाकरण किन हुन सक्दैन’ ? दोहोरो मापदण्ड किन ? भन्दै भेदभावको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी सहभागी नेपाल भारत उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष सृजना राणाले नेपाल भारतबीचको प्राकृत्तिक साझेदार सम्बन्धलाई लगानी, व्यापार, पारवाहन, पर्यटन लगायतका माध्यमबाट थप मजबुत पार्न वीरगंज च्याप्टरले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइन् । उनले सन् १९९० को दशकमा नेपाल भारत बीचको वाणिज्य सन्धी तथा पारवाहन सन्धी पछि नेपालमा औद्योगिक लहर आएको स्मरण गराउँदै निर्यातका लागि नेपालको सबैभन्दा नजिक, ठूलो, सजिलो र भरपर्दो बजार पनि छिमेकी मुलुक भारत नै रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १४ : ११
लेखकबाट थप