हेटौँडामा बोलेराेको ठक्करबाट बालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १८ : २३
हेटौँडामा बोलेराेको ठक्करबाट बालकको मृत्यु

काठमाडाैं । मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा– ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौँडा– ११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो । पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस