काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला अदालतले तोेकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।
सो पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नेगरी कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरेकै बेला मंगलबार सर्वोच्चले यस्तो आदेश सदर गरेको थियो । रेशम चौधरी २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थिर सदरखोरमा छन् । जिल्ला र उच्च अदालतको फैसलाअनुसार उनी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । सो पार्टीले प्रधानमन्त्रीलाई सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने