चोलेन्द्रको महाअभियोग निष्क्रियसबन्धी मुद्धामा आज सुनुवाई हुँदै

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, ११ : ५४
चोलेन्द्रको महाअभियोग निष्क्रियसबन्धी मुद्धामा आज सुनुवाई हुँदै

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाई आज संबैधानिक इजालासमा हुदैँछ ।संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस