काठमाडौं । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार मदन नगर, बल्खुमा बिशेष कार्यक्रम गर्दैछ ।
एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
विहान ७.४५ बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ ।
जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक