काठमाडौं । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा बुधवार मदन नगर, बल्खुमा बिशेष कार्यक्रम गर्दैछ ।
एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
विहान ७.४५ बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ ।
जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत