काठमाडौँ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । जसअनुसार मे १७ मा मनाइने आईटीयू डे २०२३ का अवसरमा बुधबारदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।
नयाँ दर अनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु। ७ नै लाग्ने छ ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा रु ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु १४ र एसएमएस गर्दा रु २४ लाग्ने व्यवस्था छ । त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु। २५ र एसएमएस गर्दा प्रति एसएमएस रु १० लाग्ने छ ।
हाल कुनै नम्बरमा कल गर्दा रु१३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु। ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु। ३४ लाग्छ । त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु। ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु। ५ मात्र लाग्ने छ ।
अन्य देशमा जाँदा÷रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो