जुम्लामा अटोरिक्सा दुर्घटना, एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १२ : ३९
जुम्लामा अटोरिक्सा दुर्घटना, एकजनाको मृत्यु

सुर्खेत । जुम्लामा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा चन्दनाथ गाउँपालिका–१० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपाने रहेका छन् । यस्तै पातारासी गाउँपालिकाका ४२ वर्षीय कृष्णबाहोरा घाइते छन् । 

क १ घ १५ नम्बरको अटोरिक्सा सदरमुकामम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गर्दा पातारासीको कोटाभीरमा दुर्घटना परेको हो । घाइते न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको प्रहरीले जनाएको छ । अटोरिक्सा चालक गोविन्द सार्की भने प्रहरीको नियन्त्रणमा रहेको छन् । 

 

प्रतिक्रिया दिनुहोस