एजेन्सी।इराजयलले प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहादसँग गरेको युद्धविराम आइतवार कायम रहने लक्षण देखिएको जर्मन सञ्चारमाध्यम डोयचवलले खबर दिएको छ । स्थानीय समयअनुसार, शनिवार राति १० बजेबाट युद्धविराम अवधि शुरू भएको हो ।तर अवधि शुरू भएलगत्तै रकेट तथा हवाई आक्रमणका आवाज सुनिएका थिए । त्यसपछि पछि परिस्थिति शान्त बनेको बताइएको छ । इजिप्टको मध्यस्थतामा इजरायल र इस्लामिक जिहादबीच युद्धविराम भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टका राष्ट्रपति अब्देल फत्तह एल–सिसीलाई युद्धविराम गराएकोमा धन्यवाद समेत दिएका थिए । उता इस्लामिक जिहादका नेता मोहम्मद अल–हिन्दीले पनि युद्धविरामको पुष्टि गरेका छन् । इजिप्टको निरन्तर प्रयासका कारण युद्धविराम भएको र आफूहरूले यसको सकारात्मक मूल्यांकन गरिरहेको उनको भनाइ छ । हालैको हिंसामा कम्तीमा ३४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । तिनमा बालबालिका सहित १४ जना सर्वसाधारण पनि रहेको प्यालेस्टानी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ बैशाख २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का