एजेन्सी।इराजयलले प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहादसँग गरेको युद्धविराम आइतवार कायम रहने लक्षण देखिएको जर्मन सञ्चारमाध्यम डोयचवलले खबर दिएको छ । स्थानीय समयअनुसार, शनिवार राति १० बजेबाट युद्धविराम अवधि शुरू भएको हो ।तर अवधि शुरू भएलगत्तै रकेट तथा हवाई आक्रमणका आवाज सुनिएका थिए । त्यसपछि पछि परिस्थिति शान्त बनेको बताइएको छ । इजिप्टको मध्यस्थतामा इजरायल र इस्लामिक जिहादबीच युद्धविराम भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टका राष्ट्रपति अब्देल फत्तह एल–सिसीलाई युद्धविराम गराएकोमा धन्यवाद समेत दिएका थिए । उता इस्लामिक जिहादका नेता मोहम्मद अल–हिन्दीले पनि युद्धविरामको पुष्टि गरेका छन् । इजिप्टको निरन्तर प्रयासका कारण युद्धविराम भएको र आफूहरूले यसको सकारात्मक मूल्यांकन गरिरहेको उनको भनाइ छ । हालैको हिंसामा कम्तीमा ३४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । तिनमा बालबालिका सहित १४ जना सर्वसाधारण पनि रहेको प्यालेस्टानी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ बैशाख २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल