काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरू कहिल्यै पुरानो नहुने जिकिर गरेका छन्।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नयाँ र पुराना पार्टीहरूको भाष्य खडा गरिन खोजिएको बताएका हुन्।
‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन। यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्छ,’ उनले भनेका छन्, ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरूप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो।’
‘मिसन ग्रासरूट’ले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उनको दाबी छ।
नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल नहुने उनको तर्क छ। ‘यथास्थितिको दुष्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ,’ उनले भनेका छन्, ‘विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुष्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्छ।’
शनिबार सकिएको पाँचौ केन्द्रीय कमिटी बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका नाममा माओवादी, रास्वपा र राजावादीका दुर्गा प्रसाईँहरूले वितण्डा मच्चाए : शंकर पोखरेल
पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलका पाँच निर्देशन
जेनजीलाई शंकर पोखरेलको प्रश्न : तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु
संविधानले नचिनेको सरकारले विघटन गरेको संसद् सर्वोच्चले पुनर्स्थापना गर्ने शंकर पोखरेलको जिकिर
न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्था खलबल्याउने षडयन्त्र : शंकर पोखरेल
‘देश जलिरहेका बेला आरोप प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’: शंकर पोखरेल