सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा कुखुरा फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेका छन्।
शनिबार साँझ स्थानीय महेन्द्र यादवको कुखुरा फार्ममा आगलागी भएको हो।
कुखुरा फार्म जलेर नष्ट हुँदा साढे ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हरिवन नगरपालिकाबाट गएको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो निभाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना