काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । शनिवार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको वृहद् नागरिक आन्दोलनमा सहभागी हुँदै उनले स्थिर सरकार नहुनाले निष्पक्ष छानबिन हुने कुरामा शंका रहेको बताए ।
जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने उनको भनाइ थियो । ‘सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्,' उनले भने, 'अहिलेको निर्वाचन प्रणालीले बहुमत पुग्दैन । अस्थिर सरकार छ । त्यसैले आफ्नो सरकार जोगाउन कार्यकारी प्रमुखले दह्रो कदम चाल्न सक्दैन । आशंका छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई