काठमाडौं।त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेशीमा गुडिरहेका बसमा आगलागी भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार गुडिरहेको बसमा एक्कासि आगो लागेको हो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । बसका सिट भने जलेर नष्ट भएका छन्।बसमा लागेको आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति