काठमाडौं।त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेशीमा गुडिरहेका बसमा आगलागी भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार गुडिरहेको बसमा एक्कासि आगो लागेको हो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । बसका सिट भने जलेर नष्ट भएका छन्।बसमा लागेको आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि