काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको छ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ।
स्थायी कमिटीले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने छ। त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक आज सकिने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति