बारा । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरकाे पिकअपले ठक्करबाट दिँदा ५२ वर्षीय महतोको मृत्यु भएको हो ।
पिकअपले बसलाई ठक्कर दिँदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु