काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।
‘८ समूहमा विभाजित गरेर आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती बार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह–सुझाव पेश गर्नको अहिले समय दिइएको छ,’ उनले भने।
आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेको समेत रिजालले जानकारी दिए। ‘एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि २०८४ को चुनावलाई केन्द्रित गरेर पार्टी परिचालनमा हामी विशेष जोड दिने छौं,’ उनले भने।
हिजोदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अहिले वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको रिजालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति