मानवअधिकार समितिले प्रदर्शन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १३ : ५३
मानवअधिकार समितिले प्रदर्शन गर्ने

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध जेठ १ माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ ।  ‘सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव

अधिकार मैत्री ऐन बनाउ : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ भन्ने नारासहित प्रदर्शन गर्न लागेको समितिको भनाइ छ । काठमाडौको माइतीघर मण्डलामा हुने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने समाजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस