चितवनमा ’चित्तौन कचेहेरी’ सुरु

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, ११ : ५४
चितवनमा ’चित्तौन कचेहेरी’ सुरु

चितवन । चितवनको नारायणघाटमा फरक विचारको उत्सवको रूपमा ’चित्तौन कचेहेरी’ सुरु भएको छ । विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको  नारायणी कला मन्दिरमा शुक्रवार(आज) बिहानबाट सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको आयोजकमा  मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिर रहेका छन् । चितवनको पहिचानसंगै देशको समस्या र सम्भावनाको खोजि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको चित्तौने कचेहेरीका सहनिर्देशक डा.जिवन क्षेत्रीले जानकारी दिए । कार्यक्रमको स्वागत मन्तव्य राखेका क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्तिहरु जनताको समस्याहरुलाई सामाधान गर्न तर्फ नलागेको धारणा राखे । सभ्य समाज निर्माणको लागि चित्तौने कचहरीको आयोजना गर्न लागिएको उनकोे भनाई छ । 

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताईन । दुई दिनसम्म कार्यक्रममा मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने जनाईएको छ । कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ । 

’घर गाउँको सिंहदरबारः कति विकास, कति शासन?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ । शुक्रबार नै ,थाहा? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा, नाटक प्रस्तुत गरिने तिवारीले बताईन  ।  

शनिबार ’विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?, कसरी लेखिँदैछ चितवनको आख्यान?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ’स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम समेत हुनेछ । उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाँच समेत प्रस्तुत गरिरहेको थियो । अहिले साहित्यकार राधा पौडेलले आफ्नो प्रस्तुती प्रस्तुत दिई रहेकी छन  । 
 

प्रतिक्रिया दिनुहोस