काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
आज बिहान सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निरक्योल हुन सकोस् ।’
‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्,’ उनले भनेका छन्, ‘यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस बनायो : प्रकाशमान सिंह
कांग्रेसले अहिल्यै गठबन्धनको साथ छाड्न मिल्दैन : प्रकाशमान सिंह
संविधानले दिएका अधिकार जनतासम्म पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छः नेता सिंह
मेलम्ची उद्घाटन होइन, पुन: वितरणमात्रै : प्रकाशमान सिंह
जनताले पाएको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड