कालोपत्रे नगरेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १० : ५५
कालोपत्रे नगरेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

धनगढी । निर्माणाधीन सडक धुलाम्मे भएको भन्दै सडक अवरुद्ध पारिएको छ । कैलालीको धनगढी–दिपायल फास्ट ट्र्याक अन्तर्गत गोदावरी नगरपालिकाको स्याउलेमा सडक अवरुद्ध गरिएको हो ।सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै अवरुद्ध गरेका हुन् । 

 

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले सो सडकमा दिनहुँ सयौँ गाडीहरू गुड्ने र सडक धुलोले गर्दा आफूहरूको व्यापार व्यवसाय चौपट भइरहेको र सडक आसपासको स्थानीयलाई बस्न पनि गाह्रो भएको बताए । धुलो नियन्त्रण नहुँदासम्म सडक अवरुद्ध गर्ने बताउँदै उनले स्कुल बस, एम्बुलेन्स लगायतका इमरजेन्सी सवारी साधनहरू भने सञ्चालन हुन दिइने बताए ।  सो सडक तत्काल कालोपत्रे नगरे पनि दैनिक पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानीयको माग छ । 

प्रतिक्रिया दिनुहोस