काठमाडौं । २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बिहीबार अन्त्येष्टि गरिएको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको थियो ।
२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १५ वर्षका थिए । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत गर्न सक्दैन थिए ।
गोली लागेपछि होस गुमाएका उनी १७ वर्षसम्म अर्धचेत अवस्थामै बाँचेका थिए । उनको उपचार तथा मासिक खर्च सरकारले ब्यहोर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : २१
लेखकबाट थप