काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।
मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् ।त्यसबाहेक २ वटा प्रतिवेदन गैरभौगोलिक प्रदेश कमिटीका तर्फबाट पनि पेस हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको छ । वैशाख ३० गते तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । सोही छलफलबाट प्रदेशहरुको कार्ययोजना निर्माण गरिने छ । एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ जना केन्द्रिय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् । बैठकले प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेशीहरुको व्यवस्थापनबारे निर्णय गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने
एमाले संसदीय दलको बैठक आज बस्दै
झाँकीसहित सुरू भयो एमालेको र्याली