काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताहरुले घर बनाउन पहिलो र दोश्रो किस्ताको रकम पाएपनि तेश्रो किस्ताको रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने–‘वर्षातको समय लागिसक्यो ।बारम्बार सरकारलाई अनुरोध गरिएको छ ।
घर निर्माण भइसके तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिएको छैन । त्यो यथाशीघ्र यहि महिना अथवा यही आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी भूकम्प पीडितहरुलाई उपलब्ध गराओस् भनेर अनुरोध गर्न चाहन्छु ।’उनले सरकारले थप एक लाख दिने भनेपनि त्यो रकम अहिलेसम्म नगएकोले सरकारको ध्यानाकर्षण गराए । यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्दै कोही निर्दोष नफस्ने अवस्था सिर्जना गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैन: रामहरि खतिवडा
प्रधानमन्त्रीको सल्लाहकार टिमप्रति काँग्रेसले उठायो प्रश्न
कांग्रेसले भन्यो -‘आतंकवादविरुद्धको लडाइँमा हामीले भारतलाई साथ दिनुपर्छ’
निजामती विधेयकमा व्यक्तिगत फाइदा हेरेका छैनौँ’: रामहरि खतिवडा
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग