काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज नगरेसम्म नेपालको अर्थतन्त्र ठीक ठाउँमा नआउने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै लिङ्गदेनले सबैभन्दा अनुत्पादक क्षेत्र संघीयता भएको जिकिर गरे ।
‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो’ उनले भने ।
अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई ठीक भएन भन्ने लागेको पनि जिकिर गरे । ‘त्यसकारण हामीले आँट गरौं । हिजो हामीले सुविचारका साथ यो ल्यायौं होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ’ लिङ्देनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल