काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन् ।
भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताउदै सदस्य देवकोटाले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गरिन् । उनले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन् ।
यस्तै, राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरिन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गरिन् । उनले क्यान्टनमेण्टको काण्डलाई न्यायसंगत रुपमा छानबिन गर्न आग्रह गरिन् ।
त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरे । उनले भ्रष्टाचारबिरुद्ध कडा एक्शन सुरू गर्न पनि आग्रह गरे ।
उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौति गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक : मध्यपहाडी राजमार्गको काम चाँडो सम्पन्न गर्न सांसदको माग
राष्ट्रिय सभा बैठक: ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण