स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा रोक

पत्रपत्रिकाबाट

मंगलबार, २६ बैशाख २०८०, ०७ : ५९
स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाडौ । सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । 

देशको  आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको खबर गोरखापत्रले छँपेको छ ।

प्रतिक्रिया दिनुहोस