काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्।
भक्तपुरको कौशलटारमा आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले सातै प्रदेशमा भेला बोलाउने निर्णय गर्दै आइतबार सकिएको छ।
आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित कर्णले बताए । कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको उनले बताए ।
कर्णका अनुसार अभियानअन्तर्गत कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने छ । भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको उनले जानकारी दिए ।
कर्णका अनुसार कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोकिएको छ ।
लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र