काठमाडौं । आज कर्णाली र सुदूरपश्चिमका पहाडी भेगबाहेक देशभरको मौसम सफा रहने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ती दुई प्रदेशका पहाडी भेगका केही भूभागमा हिजो रातिदेखि नै मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिजो राति कोशी र गण्डकी प्रदेशका पहाडमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो।
आज दिउँसो देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र अन्य प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा सामान्य हावाहुरीको सम्भावना देखिएको छ।
आज राति देशभरको पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी इलाकाका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना