चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनले आइतबार दिउँसो फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका छन् ।
घटनामा राजनीतिको रङ नपोतियोस् भनेर आफू सचेत रहेको उनले बताएका छन् । आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उनले खुलाएका छन् । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको उनको भनाइ छ । चितवनले एउटा असल मानिस गुमाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु । घटनामा राजनीतिको रङ नपोतियोस् भनेर सचेत छु । म सत्य, न्याय र पीडितको पक्षमा छु । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,” उनले लेखेका छन्, “आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द, हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु । म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु । चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु । परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै