विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । उनेले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्दै यस प्रकरणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ ।
तर दबावको सामु झुक्नु हुँदैन ।’यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल