काठमाडौ । धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अंसारीका जुम्ल्याहा छोरा ९ वर्षीय मोहमद अल्कामा र मोहमद अब्दुलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ स्थानीय गोगल प्रसाद नमुना माविनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको हो।
बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो।
तर उपचारका क्रममा राति ८ बजे दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
हाल दुवै शव अस्पतालमै छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु