सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी

एजेन्सी

आइतबार, २४ बैशाख २०८०, ०७ : ४५
सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी

File pic

एजेन्सी । मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । 

शनिबार राति भएकोइङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै  १–० को अ अग्ता कायम गराउन सफल भए । 

त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो । 

लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ । 

प्रतिक्रिया दिनुहोस