प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, २० : ५३
प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने  सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा  संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकाे सत्ता गठबन्धनको बैठकमा भोलिदेखि चल्ने संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हाे ।

बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम रहेका उनको भनाइ छ।

प्रमुख सचेतक पाण्डेका अनुसार अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले सबैसँग सुझाव मागेका छन् । साथै, संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकतालगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको उनले बताए । 

बैठकले प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । कानुन नभएका कारण प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष बैठकले निकालेको पाण्डेले बताए ।

सरकारलाई दिएको समर्थन रास्वपाले फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने दबाब बढिरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस