काठमाडौं । रुखबाट खसेको हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको मृत्यु भएको छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएको प्रहरीको भनाइ छ ।
रूखको हाँगा खसेर डगौराको टाउकोमा चोट लागेको थियो । उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले डगौरालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु