सर्लाही। नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र उपचारको क्रममा बैठाको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु