सर्लाही। नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र उपचारको क्रममा बैठाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु