यस्तो छ भोलिको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १६ : १७
यस्तो छ भोलिको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक अपराह्न ४:०० बजे बस्ने तालिका रहेको छ । संघीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन्।

त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्" भन्ने प्रस्ताव पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस