काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । “लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ”, उनले भने ।
उनले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सजस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराए । उनले ग्रिलजन्य सामग्रीको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सबै लाग्नुपर्ने बताए । ग्रिल व्यवसायीको भविष्य राम्रो रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास