बाँके । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए । उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।
उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ । आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
डेङ्गु सङ्क्रमण बढ्यो, कसरी जोगिने ?
गलकोटमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी