काठमाडौं। सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँको पुगेको थियो ।बुधबार छापालवाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो
सुनचाँदी व्यवसायीले खोले पसल