सत्ता गठबन्धनको बैठक सकियाे, शुक्रबार फेरि बस्ने

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १९ : ३१
सत्ता गठबन्धनको बैठक सकियाे, शुक्रबार फेरि बस्ने

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु शुक्रबार पुनः बस्नेगरी बैठक सकिएकाे हाे ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटबारे प्रारम्भिक छलफल भएको जनाइएकाे छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सामेल गराएर सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।

साथै सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको हाे ।

प्रतिक्रिया दिनुहोस