अपडेटः ट्रक घरमा ठोक्किँदा तिन जनाको मृत्यु, पाँच जना घाइते

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १४ : ४४
अपडेटः ट्रक घरमा ठोक्किँदा तिन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो । 

दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक  मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् । उनका अनुसार अन्य ५ जना घाईतेहरुकोउपचार भइरहेको छ।  घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल  र सन्तोष भुजेल रहेका छन् । यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस